परासी। संघीय स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य सेवा सुविधा बढाउन तिनै तहका सरकारले गर्ने लगानीलाई एकद्वार प्रणाली बनाउनुपर्ने बताए।आइतबार नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका-२ चिसापानीस्थित १५ शैयाको ट्रमा सहितको एकीकृत सुविधा सप्पन्न शिलान्यास गर्न आउनु भएका स्वास्थ्य मन्त्री पौडेलले आर्थिक अवस्थाले उपचारबाट बंन्चित हुने समस्या समाधानका लागि बिमा रकमलाई १ लाखबाट बढाएर ५ लाख पुर्याउनु पर्ने बताए।
मन्त्री पौडेलले वर्षा र बाढीबाट भएको विपद्का घटनाबाट उद्धार गरिएका घाइते बिरामीहरूलाई निःशुल्क उपचार गर्ने गरि अगाडि बढिएको बताए।अस्पतालले सिमित श्रोत साधनमा प्रभावकारी सेवासुविधा बढाउन तिनैतहका सहकारले समन्वय गरेर अगाडि बढ्नुपर्ने जोड दिए।
अर्थ मन्त्रालयबाट १५ करोडको बहुबर्षिय ठेक्का सुनिश्चितताको स्वीकृत प्राप्त पछी ट्रमा सेन्टर सहित एकीकृत सुविधा सम्पन्न अस्पताल सघन सहरी तथा भवन निर्माण चितवनको डिजाइनमा भवन निर्माण हुन लागेको हो।
राष्ट्रिय आवास कम्पनीको नाममा रहेको एक बिघा १० कठ्ठा जग्गा भाडामा लिएर १५ शैय्याको ट्रमा सेन्टर निर्माण गर्न लागिएको हो।
बर्दघाट नगरपालिका र राष्ट्रिय आवास कम्पनीबीच ट्रमा सेन्टर सहित एकीकृत सुविधा सम्पन्न अस्पताल बनाउनका लागि जग्गाको सम्झौता भएको छ।
बर्दघाटमा निर्माण हुने ट्रमा सेन्टरबाट पुर्व पश्चिम राजमार्ग अन्तर्गत नारायनगढ-बुटवल सडक खण्डमा हुने सवारी दुर्घटनाबाट ज्यान गुमाउनेको सङ्ख्यामा कमी आउने विश्वास गरिएको छ।ट्रमा सेन्टर निर्माणपछि सामान्य उपचारका लागि बुटवल तथा काठमाडौ जानुपर्ने बाध्यता हट्ने छ।
पश्चिम नवलपरासी आएका स्वास्थ्य मन्त्री पौडेलले पृथ्वी चन्द्र जिल्ला अस्पताल र बिनोद निता कण्डेल आँखा अस्पतालको निरीक्षण गर्नु भएको छ।पृथ्वीचन्द्र अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट रुदल होदाले मन्त्री पौडेललाई अस्पतालका लागि आवश्यक स्वास्थ्य उपकरण माग गरेका छन।