ट्रेन्डीङ्ग

फुटसल प्रतियोगिताको उपाधी जिल्ला फुटबल संघलाई

भुमही।संविधान दिवसको अवसरमा पश्चिम नवलपरासीको भुमहीमा सम्पन्न मैत्रीपूर्ण फुटसल प्रतियोगिताको उपाधी जिल्ला फुटबल संघले जितेको छ।

जनप्रतिनिधिको टिमलाई २ गोलका विरुद्ध ७ गोल गर्दै जिल्ला फुटबल संघ टिमले उपाधी जितेको हो।राइजिङ्ग स्टार सामुदायिक बिकास प्रतिष्ठानले संविधान दिवसको अवसरमा आयोजित गरेको थियो।

फुटसल प्रतियोगितामा बिजेता टिम फुटबल संघले २० किलोको बोका र उपबिजेता टिम जनप्रतिनिधिले १५ किलोको बोका प्राप्त गरेको प्रतिष्ठानका अध्यक्ष प्रकाश पंगेनीले जानकारी बताए।

प्रतियोगितामा पत्रकार,शिक्षक,कर्मचारी र आयोजक राइजिङ स्टार प्रतिष्ठान सहित ६ टिमको सहभागीता रहेको प्रतिष्ठानका सदस्य रमेश पराजुली बताए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal