लुम्बिनी प्रदेश

पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष गुप्तालाई एक वर्ष कैद र दुई लाख जरिवाना

परासी।लागुऔषधमा कसूर ठहर भएका नवलपरासी पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ता (दीपक) लाई एक वर्ष कैद र दुई लाख जरिवाना भएको छ। जिल्ला अदालत नवलपरासीका न्यायाधीश केशवप्रसाद अधिकारीको इजलासले गत साता गुप्तालाई लागुऔषधमा कसूरदार ठहर गरेको...

पुरा पढ्नुहोस
लुम्बिनीमा प्रादेशिक सडक सञ्जाल गुरुयोजना टुंग्याउन छलफल

दाङ।लुम्बिनी प्रदेशको प्रादेशिक सडक सञ्जाल गुरुयोजना अन्तिम चरणमा पुगेको छ। भौतिक पूर्वाधार तथा विकास मन्त्रालयले गुरुयोजनलाई टुंग्याउन आइतबार छलफल कार्यक्रम आयोजना गरेको छ । यो छलफलबाट आएका सुझावहरुलाई समेटेर गुरुयोजनालाई अन्तिम रुप दिने र...

पुरा पढ्नुहोस
प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता सुरु

दाङ।प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु भएको छ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रतियोगिताको उद्घाटन गरेका हुन। देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मुख्यमन्त्री आचार्यले ब्याटिङ गरेका थिए भने क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले बलिङ...

पुरा पढ्नुहोस
बर्दघाटमा ‘महिला सशक्तिकरण र समानताको खोजी’ विषयक अन्तरक्रिया

बर्दघाट।११५औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा बर्दघाट नगरपालिकाको सभाहलमा “महिला सशक्तिकरण:समानताको खोजी” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रममा महिला सशक्तिकरण र समानताको महत्वमा गहन छलफल गरिएको थियो।महिलाका लागि समान अवसर सिर्जना गर्न आवश्यक पहल...

पुरा पढ्नुहोस
राइजिङले उचाल्यो कोहलपुर गोल्डकपको उपाधी

सुनवल।राइजिङ स्टार नवलपरासीले तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकपको उपाधि हात पारेको छ।शनिबार बाँकेको कोहलपुरमा सम्पन्न फाइनल खेलमा राइजिङ स्टारले आयोजक कोहलपुर रेसिङ सहारा फुटबल क्लब लाई २–० गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो। राइजिङका...

पुरा पढ्नुहोस
लैङ्गिक समानताको लागि सरकार प्रतिबद्धः मुख्यमन्त्री आचार्य

दाङ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लैङ्गिक समानतायुक्त प्रदेश बनाउने लक्ष्यसहित सरकार अघि बढिरहेको बताउनु भएको छ । ११५औँ अन्तर्राष्ट्रिय महिला दिवस (आठ मार्च) को अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले लैङ्गिक समानता नीति निर्माण तथा...

पुरा पढ्नुहोस
बाबा बर्दगोरिया धाम विकास संस्थाको साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न

सुनवल।बाबा बर्दगोरिया धाम विकास संस्थाको पाँचौँ साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ।अधिवेशनले सर्वसम्मत पुन:नरपती पाण्डेको अध्यक्षतामा ११ सदसीय कार्यसमिति चयन गरेको छ। जसको बरिस्ठ उपाध्यक्षमा लेखनाथ ढकाल,उपाध्यक्षमा लालप्रसाद कंडेल र सचिवमा उदयराज डुम्रे चयन...

पुरा पढ्नुहोस
कोहलपुर गोल्डकप:राइजिङ स्टारले फाइनलमा आयोजक संग भिड्ने

बाँके।राइजिङ स्टार फुटबल क्लब नवलपरासी मुख्यमन्त्री कोहलपुर गोल्डकप फुटबल प्रतियोगितामा फाइनलमा प्रवेश गरेको छ।दोश्रो सेमिफाईनलमा काँक्रेविहार फुटबल क्लब सुर्खेतलाई हराउदै राइजिङले आयोजक रेसिङ साहारासँग उपाधि भिडन्त पक्का गरेको छ। राइजिङ स्टारले बिहीबार काँक्रेविहार फुटबल क्लब...

पुरा पढ्नुहोस
कांग्रेस महामन्त्री थापा फाल्गुन २८ गते सुनवल आउदै

सुनवल।नेपाली कांग्रेसका महामन्त्रि गगनकुमार थापा फाल्गुन २८ गते सुनवल आउने भएका छन।महामन्त्री थापा नवलपरासीको प्रदेश सभा क्षेत्र नम्वर (२,क) क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्ने आउने क्षेत्रीय सभापति याम प्रसाद भुसाल(दिपक)ले वताए। महामन्त्रि थापाले सम्मेलनमा पार्टिको आगामी...

पुरा पढ्नुहोस
कोहलपुर गोल्डकप : राइजिङ स्टार सेमिफाईनलमा

बाँके।बाँकेको कोहलपुरमा जारी तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकप प्रतियोगितामा राइजिङ स्टार नवलपरासी सेमिफ़ाइनलमा प्रवेश गरेको छ।पेनाल्टी सुटआउटमा भारतीय सहारा फुटबललाई ४-३ गोलले पराजित गर्दै राइजिङ सेमिफाईनलमा प्रवेश गरेको हो। प्रतियोगितामा निर्धारित समयमा कुनै टिमबाट गोल हुन...

पुरा पढ्नुहोस