
बर्दघाट।११५औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा बर्दघाट नगरपालिकाको सभाहलमा “महिला सशक्तिकरण:समानताको खोजी” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा महिला सशक्तिकरण र समानताको महत्वमा गहन छलफल गरिएको थियो।महिलाका लागि समान अवसर सिर्जना गर्न आवश्यक पहल र त्यसका उपायबारे विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले विचार व्यक्त गरे।
बर्दघाट नगरपालिका वडा नम्बर ५ की अध्यक्ष बिमला गुरुङ प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सञ्चारिका समूह नेपाल लुम्बिनी प्रदेशका प्रबन्धक निर्देशक उषा किरण पन्तले प्रशिक्षित गराएकी थिइन।
बर्दघाट नगरपालिकाको समन्वयमा र लेप्रोसी मिशन नेपालको सहकार्यमा सम्पन्न कार्यक्रम सञ्चारिका समूह नेपाल नवलपरासीका अध्यक्ष बिष्णु खनालको अध्यक्षतामा सुनेयना चौधरीको स्वागत साथै डोलकुमारी चौधरीको संचालनमा रहेको थियो।