
रमेश प्याकुरेल,माघ २६,बर्दिया ।
नाराजुलुस सहित शुरु भएको विरोध प्रदर्शन बर्दियाको सदरमुकाम गुलरीयाको राधाकृष्ण चोकमा राष्ट्रघाती एमसीसी सम्झौताका विरुद्धमा संयुक्त बिरोध प्रदर्शन कार्यक्रम भएको हो । उक्त कोण सभाको संचालन शक्तिले गर्नु भएको थियो भने सो कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका बिशेष कमिटी सदस्य हिम शिखरले नेपालको दलाल सरकारले आफ्नो निजि स्वार्थको लागि राज्य बेच्न तयार भएको हुदा त्यसको शसक्त प्रतिरोध गर्ने जहाँ कि रगत बग्नु नै किन नपरोस अर्को सन्दर्भमा ३ बुदे सहमतिलाई लट्यादै चुनावको घोषणा सरकारले घोषणा गरेको हुदा यसको मूल्य सो सरकारले नै चुकाउने बताउनु भयो ।
(क्रान्तिकारी माओवादी) पार्टीका पिवीएम तथा लुम्बिनी प्रदेश सचिव एवं कार्यक्रमका प्रमुख वक्ता भुपेन्द्र न्यौपानेले गर्नुभएको थियो ।एमसिसी सम्झौता गरी नेपाललाई परनिर्भर बनाइ देशलाई युद्ध भूमिको केन्द्र बनाउन खोजिएको हुदा सम्पूर्ण नेपाली राष्ट्रियताको लागि जाग्नु पर्ने डटेर सामाना गर्नु पर्ने बताउनु भयो
त्यसैगरी क्रान्तिकारी माओवादी पार्टीका पिविएम तथा लुम्बिनी प्रदेश सचीव भुपेन्द्र न्यौपाने ,देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका जिल्ला अध्यक्ष विक्रम भण्डारी, नेकपा मालेका जिल्ला अध्यक्ष रमेश कुमार शर्मा, पनि मन्तव्य राख्दै विरुद्धमा विरोध प्रदर्शन सम्पन्न ! भएको छ ।