ट्रेन्डीङ्ग

अखिल(क्रान्तिकारी)द्वारा नवलपरासीमा प्रधानमन्त्री देउवा र प्रचण्डको पुत्ला दहन

माघ २३ परासी।अखिल(क्रान्तिकारी)ले नवलपरासीको हरकट्टामा  प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी(केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पुत्ला जलाएका छन।

प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डद्वयले देशको सार्वभौमिकता र स्वाभिमानलाई बन्दकी राखेर एमसिसी पास गर्न खोजेको भन्दै बिरोध स्वरुप फुत्ला जलाइएको अखिल(क्रान्तिकारी) नवलपरासीका संयोजक सन्देश सापकोटाले जानकारी दिए।

शेर ब.देउवा र प्रचण्डले एम सिसि पास गर्छौ भनी एमसिए कम्पनीलाई पठाएको पत्रका विरुद्धमा आज देउवा र प्रचण्डको पुत्ला दहन साथै एमिसी सम्झौता पत्र जलाउने कार्यक्रम गरेको सापकोटाले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal