ट्रेन्डीङ्ग

स्वास्थ्य स्वयमसेविकालाई बृहत पोषण सम्बन्धि कार्यक्रम

अनिल नेपाली,माघ २३,अर्घाखाँची ।महिला सामुदायिक स्वास्थ्य स्वयमसेबीकाहरुलाई बृहत् पोषण विशेष व्याकेज सम्वन्धी कार्यक्रम उद्घाटन गरिएको छ ।सन्धिखर्क नगरपालिका वडा न ७ फुदबाङ्गमा एक कार्यक्रमको बीचमा ३ दिने तालिमको उद्घाटन गरिएको हो।


खाँचीकोट स्वास्थ्य चौकीको आयोजना सुआहारको सहयोगमा आयोजना गरिएको कार्यक्रमको सन्धिखर्क नगरपालिका स्वास्थ्य शाखा प्रमुख पुर्ण प्रसाद पराजुलीले उद्घाटन गर्नुभएको थियो। कार्यक्रमको उद्घाटन गदै प्रमुख पराजुलीले मानिसको जीवनमा पोषणको अत्यन्त महत्व रहेकोले तालिममा सिकेका कुराहरुलाई समाजमा लागु गरी समाजलाई कुपोषण मुक्त समाज निर्माण गनुपर्ने बताए।


कार्यक्रम कार्यापालिका सदस्य बसन्ता केसीको अध्यक्षता ,स्वास्थ्य चौकी प्रमुख प्रेमचन्द्र विकको स्वागत मन्तब्य नरपानी स्वास्थ्य चौकी सिअनमी सरस्वती पौडेलको सञ्चालनमा सम्पन्न कार्यक्रममा वडा सचिब तुलशा श्रेष्ठ जनस्वास्थ्य निरिक्षक स्वास्थ्य सहसहयोजक धर्म पन्थीले शुभकामना मन्तब्य राख्नुभएको थियो

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?