ट्रेन्डीङ्ग

माघ १५ गतेदेखि ५ दिन विद्यालय खुल्ने

परासी ,माघ ११ ।

सरकारले माघ १५ गतेदेखि पाँच दिन विद्यालय खोल्ने भएको छ । विद्यार्थीहरूलाई  काेभिड–१९ (कोरोना भाइरस) विरुद्धको खोप लगाउन बिधालय खोल्ने मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिनुभयो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज मङ्गलवार सूचना निकालेर माघ १५ देखि २० गतेसम्म पालिका र स्वास्थ्य सस्थासँग समन्वय गरेर खोप विद्यार्थीहरूलाई अनिवार्य रूपमा  लगाउन आग्रह गरेको छ ।

खोप लगाएको सुनिश्चित गरेपछि विद्यालयमा पठनपाठन र परीक्षाहरू सञ्चालन गर्ने तयारी सरकारको छ । कोरोना सङ्क्रमण बढेपछि सरकारले विद्यालय बन्द गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal