

परासी। संयुक्त बिधार्थी संगठनले काठमाडौ लगायत देशका विभिन्न स्थानमा मेडिकल शैक्षिक संस्था संचालक शुनिल सर्मालाई कालोमोसो दलिएको छ। विप्लव निकट अखिल (क्रान्तिकारी) सहित संयुक्त बिद्यार्थी संगठनले शर्मालाई सिंहदरवार भित्र कालोमोसो दलेको हो।
यसअघि मेडिकल शिक्षामा चिकित्सा शिक्षा आयोगले तोकिएको भन्दा २० लाख बढी शुल्क असुली गरिएको भन्दै विद्यार्थीहरु आन्दोलन गर्दै आइरहेका थिए।
काठमाडौ सिनामंगलस्थित स्थित काठमाडौ मेडिकल कलेज, मणिपाल मेडिकल कलेज, नोबेल मेडिकल कलेज लगाएतले चरम शुल्क असुलि गरेको भन्दै शिक्षण संस्थामा तालाबन्दी समेत गरिएको थियो।
थप विवरण आउन बाकी।