ट्रेन्डीङ्ग

वालिङ:कृषकहरुलाई बिउबिजन बितरण

वालिङ,पुस २६।वालिङका कृषकहरुलाई बिउबिजन बितरण गरिएको छ । नगरभित्रका कृषकहरुलाई मौसम अनुशारका लहरेबालीका बिउबिजन बितरण गरिएको हो ।

वालिङ नगरपालिका र युएनडिपी नेपालको साझेदारी तथा दियालो संस्थाको व्यवस्थापनमा वालिङमा सञ्चालन भईरहेको ‘कोभिड १९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य पहल परियोजना’ को आयोजना तथा ‘उद्यमशीलता व्यवशाय प्रवद्र्धन तथा नवप्रवर्तन केन्द्र ईविक’को सहजीकरणमा बिउबिजन बितरण गरिएको हो ।


बिउबिजन बितरण गर्दै वालिङ नगरउपप्रमुख कल्पना तिवारीले कृषकको उत्पादन बढाउन र बजारीकरणका लागि बिभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिनुभयो । कृषकहरुलाई बिभिन्न सहयोग गर्दै लागत कम गर्ने र कृषि उत्पादनमा आत्मनिर्भर बनाउनेमा नगरको जोड रहेको उपप्रमुख तिवारीले बताउनु भयो ।

 

कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले कृषकहरुको उत्पादन बढेमा मात्रै समग्र नगरको आर्थिक बिकास हुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘कृषकहरुको मेहनतलाई नगरले कदर गर्दै उनीहरुको काममा साझेदारी गरिरहेको छ ।’


कार्यक्रममा वालिङ नगरपालिका कृषि शाखा प्रमुख शुभाष अर्यालले बिउबिजन लगाउने तरिका तथा यसबाट धेरै फल लिन सकिने तरिकाका बारेमा जानकारी गराउनु भएको थियो।

दियालो संस्थाका अध्यक्ष कविता तिवारीले कृषकहरुको माग र आवश्यक्ताका आधारमा परियोजना मार्फत बिउबिजन बितरण भईरहेको जानकारी गराउनु भयो । कृषकहरुले अनुदानमा पाएका सामाग्री तथा बिउबिजनको राम्रो सदुपयोग गरिहेको आफूहरुले पाएको अध्यक्ष तिवारीले बताउनु भयो ।

कार्यक्रमको सञ्चालन दियालो युएनडिपीका अधिकृत गंगाधर खनाल राजुले गर्नु भएको थियो।


नगरका १४ वटै वडाका कृषक समूह, व्यवशायीक कृषक तथा नव व्यवशायीक कृषकहरुलाई बिभिन्न चरणमा गरी पाँचसय जनालाई बिउबिजन बितरण गरिएको परियोजना प्रमुख राधाकृष्ण डुम्रेले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?