ट्रेन्डीङ्ग

प्रतिनिधि सभा विघटन जनमत विरुद्ध -कण्डेल

पुष १३ परासी ।असंवैधानिक एवं अलोकतान्त्रिक तरिकाले प्रतिनिधिसभा विघटन गर्नु जनमत विरुद्ध भएको नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् पुर्व गृह राज्यमन्त्री देवेन्द्र राज कण्डेलले बताए ।

नेपाल कांग्रेस पश्चिम् नवलपरासीको सदरमुकाममा प्रधानमन्त्रीको केपि शर्मा ओलीको प्रतिनिधि सभा विघटन  कदम असंवैधानिक रहेको भन्दै प्रमुख प्रतिपक्षी दल काँग्रेसको क्षेत्रिय कार्यसमितिको आयोजनामा विरोध प्रदर्शन गरिएको हो ।

काँग्रेसको पार्टी कार्यालयबाट सुरु भएको विरोध र्याली परासी बजार परिक्रमा गर्दै वुद्ध चोकमा पुगेर कोण सभामा परिणत भएको थियो । सभालाई सम्बोधन गर्दे काँग्रेसका केन्द्रीय सदस्य देवेन्द्रराज कंडेलले प्रधानमन्त्री ओलीका कारण मुलुक अप्ठ्यारोमा परेको बताउदै संसद पुर्नस्थापना गर्नुपर्नेमा जोड दिएका थिए।

मुलुक कोरोना महामारीमा परेको समयमा सरकार त्यसप्रति जिम्मेवार हुनुपर्नेमा उल्टै प्रतिनिधि सभानै विघटन गर्नु गलत भएको बताए ।  विरोध सभालाई प्रदेश सभा सदस्य वैजनाथ जयसवाल, जिल्ला सभापति विष्णु पौडेल लगायतले सम्बोधन गरेका थिए ।
काँग्रेसले देशभर १६५ निर्वाचन क्षेत्रमा क्षेत्रिय कार्यसमितिले देशभर विभिन्न स्थानमा प्रर्दशन गरेका हुन्।तस्बिरहरू :

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal