ट्रेन्डीङ्ग

कम्युनिस्ट आन्दोेलनलाई प्रचण्डले धोका दिए:रायमाझी

अनिल नेपाली,अर्घाखाँची २३ पुष। नेकपा एमाले सचिव टोपबहादुर रायमाझीले ५ दलीय गठबन्धन गरेर पुष्पकमल दाहाल(प्रचण्ड)ले कम्युनिस्टको नाममा अराजनीतिक तथा राजनीतिक रुपमा अनैतिक कार्य गरेको बताउनु भएको छ।

नेकपा एमाले अर्घाखाँचिको आठौ जिल्ला अधिबेशन उद्घाटन समारोहलाई सम्बोधन गदै सचिव रायमाझीले प्रचण्डले कम्युनिस्ट आन्दोलनलाई धोका दिएको बताउनु भएको हो।

सचिब रायमाझीले माओवादी केन्द्र र अध्यक्ष दाहाल कांग्रेसको पुच्छर भएका आरोप लगाउदै सचिब रायमाझीले माधव नेपाल र दाहाल तुहिने वाल बेला भएको बताउदै उनीहरू विसर्जनको बाटोतिर गएकोले’दाहाल र नेपाल कम्युनिस्ट पार्टीको नीति,सिद्धान्त छाडेर कांग्रेसतिर लागेकाले उनीहरूको पछि लाग्ने नेता कार्यकर्ताको भविष्य नभएको उनले बताए।

माओवादी केन्द्रका जिल्ला नेता राजेन्द्र जिसीलाई एमालेमा प्रवेश गराएपछि रायमाझीले अर्घाखाँचीमा माओवादीका सयौं नेता तथा कार्यकर्तालाई एमालेमा प्रवेश गराएर माओवादीलाई शून्यमा झारने बताउदै अब हुने ‘राष्ट्रियसभा चुनावमा आफुहरु कुनैपनि हालतमा नहार्ने बताए।

एमालेसँग एक्लै भिड्ने हैसियत नभएपछि ५ दलीय गठबन्धन गरेको बताउदै अबको चुनाबमा नेकपा एमालेलाई जित्न कसैले पनि रोक्न नसक्ने बताए।

उद्घाटन कार्यक्रम पार्टीका केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष चेतनारायण आचार्यको अध्यक्षता सचिब तोज बहादुर रायमाझीको सञ्चालन उपाध्यक्ष जीवनारायण कोइरालाको स्वागत मन्तब्यमा कार्यक्रम सम्पन्न भएको थियो।

अधिबेशनले आजबाट बन्द सत्र मार्फत नयाँ नेतृत्व चयन गर्नेछ । अधिबेशनलाई सफल बनाउन जिल्लाका ६१ वडाबाट प्रतिनिधि प्रत्यबेक्षयक आएका छन।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal