ट्रेन्डीङ्ग

प्रधानमन्त्री ओलीले चालेको कदम अलोकतान्त्रिक : घनश्याम भुषाल

नवलपरासी, पुस १३ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिती सदस्य एवं पुर्व कृषि मन्त्रि घनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर असंविधान एवं अलोकतान्त्रिक कदम चालेको बताउनु भएको छ ।
पश्चिम नवलपरासीको सदरमुकाम परासीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता भुषालले जुन कारण देखाएर प्रतिनिधिसभा विघटन गरिएको हो त्यो ब्यवस्था संविधानमा नै नभएको बताउनु भएको छ । नेता भुसालले प्रधानमन्त्रि ओलीले चालेको कदम रहस्यमय रहेको समेत बताउनु भएको छ ।
प्रधानमन्त्री ओलीले चालेको कदम असबैधांनिक र अलोकतान्त्रीक भएको भन्दै कुनै पनि हालतमा संसद पुनरस्थापना गरेरै छाड्ने भुसालले बताउनु भएको छ । राजाले खोसेको अधिकार त फिर्ता गरिएकोमा हामी नेपालीहरुले अहिले रैतिले खोसेको अधिकार खोसेर फिर्ता लिईने उहाँले बताउनु भयो ।

कार्यकर्ता प्रशिक्षणका क्रममा पश्चिम नवलपरासीको परासीमा पत्रकार सम्मेलनमा बोल्दै नेकपाका नेता एवं पुर्व कृषि मन्त्रि धनश्याम भुसाल लगायत नेकपा नेता।


संसद विघटनको विषय अहिले अदालतमा विचाराधिन रहेको बताउदै सर्वोच्च अदाललतले जनताको हितमा फैसला गर्नेमा आफु विस्वस्त रहेको समेत बताउदै नेता भुसालले सर्वोच्च अदालतसंग कुनै पनि विमती नरहेको बताउनु भएको छ । अहिलेको सरकारको कदमले लोकतन्त्र माथीनै गम्भिर आघात पुर्‍याएको भन्दै प्रतिनिधि सभाको पुनर्स्थापनाको मांग अब कम्युनिष्टहरुको मात्र नभएर सवै नागरिकको विषय भएको बताउनु भएको छ । संविधान निरस्त भए आम गरिखाने जनता समेत प्रत्यक्ष प्रभावित हुने नै संसद पुनस्थापनाको मुदद समस्त नेपाली जनताको भएको बताउनु भएको छ । जिल्लाका कार्यकर्ता प्रशिक्षणका क्रममा प्रतिनिधि सभा पुनर्स्थापना हुन नसके लोकतन्क्र विरोधी शत्ति हावी हुने र देश भयंकर दुर्घटनामा जाने बताउनु भएको छ ।
नेकपा पश्चिम नवलपरासीले आयोजना गरेको पार्टीको कार्यक्रम भनिएको भए पनि प्रशिक्षणमा प्रचण्ड नेपाल पक्षका कार्यकर्ताहरुको मात्र उपस्थिती रहेको बताईएको छ । कार्यकर्ता प्रशिक्षण पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाको सभाहलमा आयोजना गरीएको थियो । सो कार्यकर्ता प्रशिक्षणमा पुर्व सभामुख ओनसरी धर्तीमगरको समेत उपस्थिती रहेको थियो ।
यसै गरि नेकपा नवलपरासीले आयोजना गरेको जिल्ला स्तरीय अगुवा कार्यकर्ताको प्रशिक्षणका क्रममा पुर्व सभामुख ओनसरी घर्तीले संसद विधटन गर्नृ पर्ने कुनै कारण नभएको अवश्थामा प्रधानमन्त्रि ओलीले संसद विघटन गरेको भन्दै पुर्व सभामुख ओनसरी धर्तीले सरकारको कदमको विरोध गर्नु भएको छ । समस्या समाधानका अनेक बाटाहरु हुदाहुदै प्रधानमनित्रले संसद विघटन गरको नेता भर्तीले बताउनु भएको छ ।
बाल्ने क्रममा वहाँले राष्टपतिले संविधानको रक्षा गर्नु पर्नेमा संविधान मिचने र सिद्धाउने बाटोमा हिडेको भन्दै राष्टपतिको समेत विरोध गर्नु भएको छ । सो प्रशिक्षण कार्यक्रममा नजान भन्दै ओली समुहले सार्वजनिक सुचना जारी गरेको भए पनि सो प्रशिक्षण कार्यक्रममा ठुलो संख्यामा कार्यकताहरुको उपस्थिती रहेको थियो ।
पुर्व माओवादीको तर्फबाट नेकपाका जिल्ला अध्यक्ष बनेका भविश्वर तिवारी आजादको अध्यक्षतामा भएको अगुवा कार्यकर्ता भेलामा जिल्ला सचिव तुल्सी पासी लगाएतका नेताहरु अनुपस्थिती रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?