
बुटवल।अन्नपुर्ण मोडल कलेज/मा.विको आठौं साधरण सभा र छौटौं अधिवेशनबाट पुन:डा.धर्मराज भट्टराईको अध्यक्षमा ७ सदस्यीय समिति चयन भएको छ।
जसमा खिमानन्द भण्डारी,टोपनरायण वेल्वासे,पुतला आचार्य,मित्रहरी आचार्य,योगराज पोखरेल र सदस्य सचिवमा क्याम्पस प्रमुख अनिल शर्मा चयन हुनुभएको निर्वाचन समितिका संयोजक सह प्रा डा. विष्णु पोखरेलले जानकारी दिनुभयो । त्यस्तै अरविन्द चन्द्र आचार्यको संयोजकत्वमा अमृत लम्साल र सुमन गोपाल अचार्य रहेको ३ सदस्यी लेखा समिति चयनभएको छ ।
साधरण सभा तथा अधिवेशनको उद्घाटन शत्रमा वोल्दै प्रमुख अतिथि वुटवल उपमहानगरपालिकाका शिक्षा तथा जनस्वास्थ्य प्रमुख मित्रमणी खनालले सरकारी र निजि कलेजलाई सरकारले हर्ने दृष्टिकोण एउटै भएको बताउनुभयो । साथै विगतका बर्षहरु देखिनै शिक्षा क्षेत्रमा अन्नपुणर् मोडल कलेजले अतुलनिय योगदान दिदै आएको भन्दै प्रशंसा गर्नुभयो ।
कार्यक्रममा विशेष अतिथिहरु नेपाली कांग्रेस वुटवल उपमहानगरपालिका नगर उपसभापति ज्योति भण्डारी,नेपाली कांग्रेस वुटवल उपमहानगरपालिका वडा नम्वर ६ का सभापति तारा ज्ञावाली,सह प्रा.डा.विष्णु पोखरेल,जर्नादन न्यौपाने,नेकपा माओवादी केन्द्रका वडा अध्यक्ष लालवहादुर थापा लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । सो अवसरमा लगातार सर्वाकृष्ट नतिजा ल्याउन सफल उप.प्रा योगराज पोखरेल लगायत विभिन्न विधामा गरि १३ जनालाई सम्मान गरिएको क्यापसले जनाएको छ ।
क्याम्पसका अध्यक्ष डा.धर्मराज भट्टराईको अध्यक्षता रहेको कार्यक्रममा विद्यालयको तर्फबाट प्रचार्य मित्रहरी आचार्यको स्वागत मनतब्य र क्याम्पस प्रमुख अलिन शर्माले कार्यक्रममा संचालन गर्नुभएको थियो ।