ट्रेन्डीङ्ग

चेपाङ बस्तिमा न्यानो कपडा वितरण

११ पुस, काठमाडौं । आहुती नेतृत्वको बैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीले चितवनको माडी–९ कुसुमखोला चेपाङ बस्तिको प्याउलीमा न्यानो कपडा बितरण गरेको छ ।

 

 


बैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सदस्य राजेश्वरी सुबेदीको नेतृत्वमा ८ जना युवाहरूले न्यानो कपडा वितरण गरेका हुन् ।

उनिहरुले चेपाङ गाउँका सुकुम्बासीहरुका प्रत्येक घरका सदस्यलाई कपडा वितरण गरेका थिए । जसमा आमाहरूका लागि बाक्लो ज्याकेट, बुढापाकाहरुका लागि हाइनेक सुरुवाल, युवाहरुलाई न्यानो कपडा र बच्चाहरुका लागि टोपी सहित न्यानो कपडाको सेटनै वितरण गरेको थियो ।

केही समय अघि उक्त क्षेत्रमा नेपाल पूर्व बनमन्त्री शक्ति बस्नेतको निर्देशनमा राष्ट्रिय निकुञ्जभित्र रहेको चेपाङ बस्तीमा हाति लगाएर घर भत्काइनुका साथै आगो लगाइएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?