
नवलपरासी। राष्ट्रिय जागरण परिषद नेपालका अध्यक्ष साध्यबहादुर भण्डारी नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन्।
आज काठमाडौंमा आयोजित एक कार्यक्रममा भण्डारी एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले भण्डारीसहितका नेता-कार्यकर्ताहरुलाई पार्टीमा स्वागत गरे ।