ट्रेन्डीङ्ग

जनताको मुक्तिका लागि वैज्ञानिक समाजवाद:प्रकाण्ड

पुष १३ सुर्खेत ।नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्डले जनताको मुक्तिको लागि वैज्ञानिक समाजवाद भएको बताउनु भएको छ।नेकपा सुर्खेतले आयोजना गरेको स्वागत कार्यक्रम मा बोल्दै प्रवक्ता प्रकाण्डले नेपाली जनताको मुक्तिको लागि वैज्ञानिक समाजवाद भन्दा अर्को विकल्प नभएको दावी गर्नु भएको हो।

प्रकाण्ड भन्नु भयो“एमसीसी जस्तो राष्ट्रघाती सम्झौता नेपालमा थोपरि रहेका छन।नेपालमा सैन्य अखडा वनाउन अमेरिका चाहिरहेको छ,नेपालका दलालहरु त्यसैमा लागेका छन।आफ्नो पार्टीको आन्दोलनले एमसीसी पारित हुनवाट रोकिएको छ।”

नेपालमा २०४६ साल देखि नेपाली जनताको दुख दिने संसदीय व्यवस्थाको सुदृढ गर्न फेरि स्थानीय चुनावको चर्चा गरिएको भन्दै उहाँले स्थानीय चुनावले जनताको समस्या समाधान नहुने ठोकुवा गर्नु भयो ।उहाँले संसदीय चुनाव नभएर जनताको लागि वैज्ञानिक समाजवादी व्यस्था ल्याउने जनमतसंग्रहको चुनाव गर्न संसदवादीहरुलाई आग्रह गर्नु भयो।

नेकपाका प्रवक्ता प्रकाण्डले नेकपाको काँधमा ऐतिहाँसी जिम्मेवारी आएको भन्दै त्यो जिम्मेवारी पुरा गर्न सवै लाग्नु पर्ने वताउनु भयो।उहाँले स्वागत गर्ने नेकपा सुर्खेतका कार्यकर्ता र जनतालाई धन्यवाद समेत दिनु भयो । उहाको स्वागतका लागि नेकपा सुर्खेतले वाईक र्यालि समेत निकालेको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?