ट्रेन्डीङ्ग

अखिल(क्रान्तिकारी)झापाद्वारा रक्तदान

असोज २ झापा। देशभर भएको रगत अभावलाई मध्यनजर गर्दै नेत्र विक्रम चन्द (विप्लव )नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) झापाले जिल्लाकाे दमक नगरपालिका स्थित आम्दा अस्पतालमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
 
आज शुक्रबार अखिल (क्रान्तिकारी) जिल्ला समिति झापाले कार्यक्रम आयोजना गरी रक्तदान कार्यक्रम सम्पन्न गरेको अखिल (क्रान्तिकारी )का जिल्ला संयोजक कुमारले जानकारी दिए।

विश्वव्यापी काेराेना महामारी(Covid-19)का कारण झापा लगायत देशभर रगतको अभावलाई मध्यनजर गर्दै सङ्गठनको केन्द्रीय निर्देशनअनुसार रक्तदान गरिएको सङ्गठनले जनाएको छ ।

यस्तो जटिल परिस्थितिमा रगतको अभाव भएर कुनै बिरामीको अकालमै ज्यान नजाओस् र सानो सहयोगले बिरामीहरूलाई राहत पुगोस् भन्ने उद्देश्यका साथ रक्तदान गरिएको अखिल (क्रान्तिकारी) का जिल्ला संयोजक कुमारले बताए । उनले आगामी दिनमा पनि सङ्गठनले विभिन्न खालका सामाजिक, सेवामूलक तथा रचनात्मक काम निरन्तर गर्दै जाने बताएका छन्।

रक्तदान कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी झापा र अखिल (क्रान्तिकारी )का गरी २५ जनाको सहभागिता रहेको संयोजक कुमारले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?