पुस ८ बुटवल । बुटवलमै पहिलो पटक अन्नपूर्ण मोडल कलेजमा यहि शैक्षिक सत्रदेखि वि.एस.डब्लु पढाई हुने भएको छ । त्रिभुवन विश्व विद्यालयद्धारा संचालित ४ बर्षे बि.एस.डब्लु कार्यक्रम अन्नपूर्ण मोडल कलेज वुटवलमा यसै शैक्षिक सत्र देखि संचालनमा आएको क्याम्पस प्रमुख अनिल शर्माले जानकारी दिनुभयो ।
प्रविधि सहितको शैक्षिक वातावरणमा अध्यापन हुने वि.एस.डब्लु पढ्ने विद्यार्थीहरुले समाजमा विद्यमान सम्पुणर् समस्याहरुको पहिचान गरी समस्या समाधानमा सम्वन्धित निकायलाई सहयोग गर्ने शर्माको भनाई छ । यस पढाई मार्फत विद्यार्थीहरु समाजमा प्रत्यक्ष संलग्न हुने छन् भने सर्वाङ्गीण विकास गर्नमा वि.एस.डब्लुले महत्वपूर्ण भुमिका खेल्ने समेत शर्माको तर्क छ ।
वि.एस.डब्लुमा विद्यार्थीहरुको रुचि अध्याधिक रहेको र भर्ना कार्याक्रम पनि चलिरहेको साहायक क्याम्पस प्रमुख अमृत लम्सालले बताउनुभयो । त्यस्तै यसै क्याम्पसमा स्नातक तहतर्फ ग्रामिण विकास,अंग्रेजी र समाजशास्त्र को पढाई भइरहेको र नतिजा पनि उत्कृष्ट रहेकाले विद्यार्थीहरुको शैक्षिक गनतब्यका रुपमा अन्नपूर्ण मोडल कलेज रहेको लम्सालले बताउनुभयो ।
ग्रामिण विकासको अध्यापन स्नाकोत्तर तह सम्म संचालन भइरहेको कलेजलाई शैक्षिक हबका रुपमा विकास गर्दै जाने क्रममा यस वर्ष देखि वि.एस.डब्लु कार्यक्रम संचालन गरेको क्याम्पसका अध्यक्ष धर्मराज भट्टराईले बताउनुभयो।कलेजमा राम्रो व्यवस्थापन,दक्ष र अनुभवि प्रध्यापकहरुद्धारा पठनपाठन,साथै स्वच्छ र शान्त बातावरण रहेकाले अन्नपूर्ण मोडल कलेज विद्यार्थीहरुको रोजाईमा परेको अध्यक्ष भट्टराईको भनाई छ ।