ट्रेन्डीङ्ग

बिजुलीको पोलबाट खसेर मजदुरको मृत्यु

पुष ८ पाल्पा ।पाल्पाको निस्दी गाउँपालिकामा बिजुलीको पोलबाट खसेर मजदुरको मृत्यु भएको छ । बिहीबार निस्दीको ज्यामिरे चारघरेमा बिजुलीको तार तान्ने क्रममा पोलबाट खसेर मजदुरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा नवलपरासी बर्दघाटका ३६ वर्षीय पशुपति चौधरी रहेको रुक्सेभन्ज्याङ प्रहरी चौकी मित्यालका प्रमुख डेढबहादुर थापाले जानकारी दिनुभयो । घटना बिहीबार बिहान करिब साढे ११ बजेतिर भएकाले शवलाई परीक्षणका लागि रामपुर अस्पतालमा लगिएको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal