ट्रेन्डीङ्ग

जनपत्रकार संगठन नेपाल बाजुराको प्रथम बैठक सम्पन्न

पुष ७ बाजुरा।जनपत्रकार संगठन नेपालको प्रथम बैठक बजुराको प्रथम बैठक सम्पन्न भएको छ।बैंठक बुढिगंगा नगरपालिका अन्तरगत रिठ्ठा बजार बाजुरामा सम्पन्न भएको हो।

बैठक सम्बोधन गर्दै जनपत्रकार संगठन नेपाल सुदुरपश्चिम प्रदेश समिति अध्यक्ष प्रकाश थापाले यहि माघ ११,१२ र १३ गते बुटवलमा हुने राष्ट्रिय सम्मेलनलाई सफल पार्न सबै जिल्ला सदस्यहरुलाई तिब्रताको साथ लाग्न र व्यापक प्रचार-प्रसार गर्न निर्देश सहित समाज भएको विकृति र विसंगतिको भण्डाफोर गर्ने दायित्व जनपत्रकारको भएको बताउनु भयो ।

बैठकलाई सम्बोधन गर्दै नेकपा बाजुरा जिल्ला सचिवालय सदस्य केशवराज उपाध्यायले पत्रकार भनेको समाजको सचेत नागरिक भएकोले अहिलेको व्यबस्थाको अन्त्य गरी वैज्ञानिक समाजवाद स्थापनाको निम्ति संचारमाध्यमबाट उजागरण गर्नु पर्ने बताउनु भयो ।

जिल्ला संयोजक सुविस्त शाहीको अध्यक्षतामा बसेको बैठकको प्रमुख अतिथी जनपत्रकार संगठन नेपाल सुदुरपश्चिम प्रदेश समिति अध्यक्ष प्रकाश थापा र अतिथी नेपाल कम्युनिस्ट पार्टी बजुरा जिल्ला सचिवालय सदस्य केशवराज उपाध्याय थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal