ट्रेन्डीङ्ग

रुपन्देहीको ओमसतियामा सवारी दुर्घटनामा तीन जना घाइते

उर्मिला यादव भैरहवा
पुस ४ ।
रुपन्देहीको ओमसतिया गाउपालिका वडा नम्बर ४ को वडा कार्यालय नजिकै सवारी साधन दुर्घटना हुदा तीन जना घाइते भएका छ्न । इलाका प्रहरी कार्यालय बेलहीयाका अनुसार हुलाकी सडक खण्ड अन्र्तगत ओमसतिया गाउपालिका वडा नम्बर ४ मा पश्चिम नवलपरासीको परासीबाट आउदै गरेको बा १८ च १८४२ नम्बरको स्कारपियो र भैरहवादेखि सिलौटीया मेला जादै गरेको लु १ ह १३३६ नम्बरको अटोरिक्सा एक आपसमा ठोक्किदा तीन जना घाइते भएका हुन । घाइते हुनेमा अटो रिक्सामा सवार दोलखा जिल्ला बस्ने ४३ बर्षिय काजीमान श्रेष्ठ, सोहि ठाउमा बस्ने ५० बर्षिय शुक कुमार तामांग र कंचनपुर जिल्ला बस्ने बर्ष ४० को अनुष तिवारी घाइते भएको इलाका प्रहरी कार्यालय बेलहीयाले जनाएको छ । घाइते मध्ये २ जनाको भिम अस्पताल भैरहवा र एक जनाको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?