ट्रेन्डीङ्ग

हिमानी कोषद्वारा गुल्मीमा आगलागी पीडितलाई खाद्यान्न सहयोग

पुष ५ गुल्मी।हिमानी कोषले गुल्मीमा आगलागी पीडितलाई खाद्यान्न सहयोग गरेको छ।गुल्मी-हस्तिचौरमा आगलागीबाट पीडित भएका घरपरिवारलाई खाद्यान्न सहयोग गरेको हो।

हिमानी कोष रुपन्देहीबाट भगवती पाण्डे(सैजु)ले उक्त राहत दिनु भएको हो।कोषले पीडितलाई दैनिक प्रयोगमा आउने चामल,दाल नुन,तेल,चाउचाउ,बिस्कुट,भुजा ,साबुन,सर्फ लगायतका सामग्री हस्तान्तरण गर्नु भएको थियो ।

आगलागीबाट घर गोठ जलेर नश्ट भएको थियो भने करिब ३० लाखको क्षती भएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?