ट्रेन्डीङ्ग

युवा संगठन कालिकोटको दोस्रो पुर्ण बैंठक सप्पन्न

मंसिर २७ कालिकोट ।नेपाल कम्युनिष्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल कालिकोटको दोस्रो पुर्ण बैठक जिल्ला अध्यक्ष मिनेश ऐडीको अध्यक्षता जिल्ला सेक्रेटरी रणदिपको प्रमुख आतिथ्यता युवा संगठन नेपालका केन्द्रीय संदस्य गोबिन्द्र बुढा,कल्पनाको आतिथ्यतामा सम्पन्न भएको छ।

शान्नीत्रिबेणीको हिल्सा त्रिबेणीहोटेलको सभाहलमा सम्पन्न दोस्रो पुर्ण बैठकमा बोल्दै प्रमुख अतिथी रणदिपले राष्ट्रियता खतरामा परेको बेला यसको रक्षाको लागि युवाहरुको विशेष भुमिका हुने भएकाले एमसीसी खारेजीको आन्दोलनमा विशेष भुमि खेल्न निर्देशन दिदै बैज्ञानिक समाजवादका लागि जनमतसंग्रहको चुनावका लागी जनमत तयारमा अहोरात्र खट्नेमा संगठनमा कुनैकमि रहन नदिन सम्पुर्ण कमरेडहरुले जिम्मेवारपुर्ण भएर लाग्न अनुरोध गर्नु भयो।

उक्त बैठकले जनमत संग्रहका लागि संगठन सुदृढ तथा बिस्तार अभियान यही पौष ११ गते सदरमुकाम मान्मबाट उद्घाटन गर्ने र अभियान २ वटा ठाउँ पुर्बि कालिकोट र पश्चिम कालिकोटमा एकै साथ संचालन गर्ने निर्णय गरेको युवासंगठन कालिकोट श्रोतले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal