ट्रेन्डीङ्ग

आलिताल गांखेतका स्थानीयद्धारा उडिकोट माविलाई उच्च मावि बनाउने अभियान सञ्चालन

मनोज रावत , मंसिर १४, डडेल्धुरा ।भौगोलिक रूपमा अत्यन्त बिकट मानिने आलिताल गाउँपालिका (तत्कालीन गांखेत गाविस) वार्ड नं २ मा रहेको श्री उडीकोट माध्यमिक विद्यालयमा कक्षा १२ सम्म सन्चालनका निमित्त संघर्ष सहितको अभियान सञ्चालन भएको छ । स्थानीय युवाहरुको पहलमा उक्त अभियान सोमबार देखि सुरुवात भएको हो ।

उक्त विद्यालयमा कक्षा एकदेखि १० सम्म २६० जना छात्रछात्राहरुले अध्ययन गर्दै आएका छन् । २०१६ सालमा स्थापना भएको उडिकोट माविले दशकौं बितिसक्दा समेत उच्च माविको अध्यापन सञ्चालन गर्न सकेको छैन । उच्च माध्यमिक विद्यालय सञ्चालनका लागि बिभिन्न राजनीतिक दलहरुले निर्वाचनका समयमा चुनावि नारा समेत बनाए । २०७४ सालको चुनावमा डडेल्धुरा नै गृह जिल्ला भएका वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा समेत आएर मावि सञ्चालन गर्नेमा आश्वासन दिएको स्थानिय बताउछन् ।

स्थानिय अगुवा महिला सारदा नेपाली भन्छीन् “पाचौं पटक सम्म प्रधानमन्त्री भएका देउवाले आफ्नो यस क्षेत्रका नागरिकलाई आश्वासन बाहेक केहि नदिएको बताउछिन् । यस क्षेत्रमा उच्च मावि नभएकाले धेरै जसो छात्रछात्राहरुको औपचारिक शिक्षा एसइइ सम्म मात्रै सिमित हुने गरेको उनि बताउछिन् । आफु पनि यहा उच्च शिक्षा नभए कै कारण एसएलसी सम्मको पढाइ मात्र गरेकी हु , उच्च शिक्षा हासिल गर्ने ठुलो इक्छा थियो तर यहा हाइस्कूल थिएन् , दश पास गरेर बिहे गरे । पढ्ने धोको सारै थियो यहा हाइस्कूल थिएन बिहे गरेर घरजम गरेकि मलाई उच्च शिक्षा हासिलका लागि मलाई घरकाले बाहिर जान मनाहि गरे , त्यस्तै म जस्तै पढ्ने इच्छा भएका छोरी बुहारीहरुले अब भने दुख नपाउन भन्ने हेतुले हामिले यो विद्यालय लाई उच्च मावि बनाउने अभियान थालेको उनले बताइन् ।


सोमवार आयोजित आम भेलालाई सम्बोधन गर्दै आलिताल गाउँपालिका अध्यक्ष बलबहादुर गुरुङ,उपाध्यक्ष जला कुमारी बिष्ट बोगटीले पनि यस क्षेत्रमा एउटा उच्च माध्यमिक विद्यालय अति आवश्यक भएकाले आफुहरुले जति सक्दो चाँडो पहल गरेर उच्च शिक्षा पढाइ सञ्चालनका लागि प्रतिबद्द रहने बताएका छन् । कार्यक्रमका विशिष्ट अथिति रहेका नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तुलाराम बोहराले पनि उडीकोट माविमा अध्ययनरत छात्रछात्राले उच्च शिक्षा हासिलका लागि कुन्ठित हुने र बाहिर जानु पर्ने ब्याध्यता हामि सबै राजनीतिक दलहरु मिलेर र यो समस्याको अन्त्य गर्ने बताउन भयो।

स्थानीय युवा तथा नेपाली कांग्रेसका नेता प्रमोद मल्लको संयोजकत्वमा २१ सदस्यीय उडिकोट +2 कार्यन्वयन समिति गठन गरेको छ । समितिले उच्च मावि सञ्चालनका लागि बिभिन्न ठाउमा समन्वय गर्ने,आर्थिक संकलन र उच्च मावि निर्माणका लागि संघर्ष समेत गर्ने बताइएको छ।उक्त अभियान मा सबैले हातेमालो गर्न समेत समितिका संयोजक प्रमोद मल्लले आग्रह गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal