

मंसिर २१ ,पर्वत । पर्वतको बिहादी गाउँपालिकामा ”कोभिड- १९ को रोकथाम र समृद्धिका लागि संयुक्त कार्य: महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको भुमिका अपरिहार्य” भन्ने नाराका साथ विहादी गाउँपालिका स्तरिय १७ औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयम्सेविका दिवस एक कार्यक्रम गरि सम्पन्न गरेको छ ।
कार्यक्रममा बिहादी गाउँपालिका का प्रमुख प्रशासकीय अधिकृत ध्रुव दयाल , बिहादी गाउँपालिका दुई बर्राचौर का वडा अध्यक्ष ओम प्रसाद कुवर लगायतले मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको सञ्चालन बिहादी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख हरि प्रसाद भुसालले गर्नु भएको थियोे ।