
मंसिर १२ धनगढी ।नेपाल कम्युनिस्ट पार्टी निकट भातृ संगठन अखिल (क्रान्तिकारी) सुदुरपश्चिम प्रदेश समितिले कैलालीको धनगढी स्थित कैलाली बहुमुखी क्याम्पसमा विद्यार्थी जागरण अभियान -२०७८ को उदघाटन गरेको छ । संगठनले अभियानको मुल नारा “वैज्ञानिक समाजवादी व्यवस्था र शिक्षाका लागि जनमत सङ्ग्रह”लागि राखी देशैभरी अभियान चलाउने भएको छ ।
नेपाल कम्युनिष्ट पार्टीले जनमत संग्रह मार्फत वैज्ञानिक समाजवाद स्थापना गर्ने बहस अगाडि सारेको छ सोही रणनीति सहित नेकपाले आफ्ना कामकारबाही अगाडि बढाएको छ । सोही जनमत संग्रहको मुद्दालाई व्यापकता दिन र शिक्षा क्षेत्रका विकृति विसंगती विरुद्ध सशक्त आन्दोलन अघि बढाउन संगठन सुदृढ अभियान सहित अखिल (क्रान्तिकारी)ले कैलाली बहुमुखी क्याम्पसबाट सुरुवात गरेको छ ।
नेपालको विद्यमान परिस्थितिमा शिक्षामा निजीकरण,व्यापारीकरण र दलालिकरण को अन्त्य गरी समानता र शैक्षिक गुणस्तरीयता सहितको वैज्ञानिक समाजवादी शिक्षा प्रणाली लागू गर्ने मुख्य उद्देश्य सहित अभियान सुरुवात गरिएको सुदुर पश्चिम इन्चार्ज प्रकाश जप्रेल ले जानकारी गराएका छन् । त्यसैगरी आजै डोटी र बैतडीबाट सोही अभियान उदघाटन गरेको छ ।
यता कैलालीको उदघाट्न कार्यक्रममा अखिल (क्रान्तिकारी) सुदुरपश्चिम प्रदेश समिति ईन्चार्ज प्रकाश जप्रेल अध्यक्षता रहेको थियो । सो कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य महान चौधरी, संगठनका सदस्यहरू, जिल्लाका अध्यक्ष र नेताकार्यकर्ता हरुको सहभागिता रहेको थियो ।