ट्रेन्डीङ्ग

पाटेबाघको आक्रमणबाट बर्दियामा १ जनाको ज्यान गयो

रमेश प्याकुरेल,बर्दिया, मंसिर १२ ।बर्दियाको गेरुवा गाउँपालिका वडा नम्बर ४ राजिपुरका ६२ बर्षिय कालुराम थारुको पाटे बाघको आक्रमणबाट ज्यान गएको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ।

आइतबार अपरान्ह घर नजिकै भैंसी चराउन गएका बेला पाटेबाघले आक्रमण गरि उहाँको ज्यान लिएको बर्दिया राष्ट्रिय निकुञ्जका सूचना अधिकारी मुकुन्द सन्जेलले बताउनु भयो।अहिले निकुञ्जको टोलि घटनास्थल पुगेर थप अनुसन्धान गरिरहेको उहाँले बताउनु भयो। घटना भएको क्षेत्र निकुञ्ज अन्तरगतको बफरजोन एरिया पर्छ ।

निकुञ्ज,डिभिजन वन तथा जिल्ला प्रशासन कार्यलयले स्थानीयलाई जंगल प्रवेश नगर्न तथा सामुदायिक वन छेउछाउका स्थानीयलाई सतर्कता अपनाउन पटकपटक आग्रह समेत गर्दै आएका छन ।

कतिपय अवस्थामा बाटेबाघले निकुञ्ज चेउछाउको गाउँमै पुगेर पनि स्थानीयको ज्यान लिने गरेको छ। मानव र वन्यजन्तुबीचको द्वन्द्व कम गर्न निकुञ्जले घटना भइरहेको क्षेत्रमा अनुगमन गरेर आक्रमण गर्न बाघलाई नियन्त्रणमा लिइरहेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal