ट्रेन्डीङ्ग

जनपत्रकार संगठनको चौथो राष्ट्रिय सम्मेलन माघ ११-१३ गते बुटवलमा हुने

मंसिर १० काठमाण्डौ। जनपत्रकार संगठन नेपालको चौथो सम्मेलन बुटवलमा हुने भएको छ ।संगठनको चौथो राष्ट्रिय सम्मेलन माघ १० गते देखि १३ गते सम्म बुटवलमा हुने भएको हो।

नेपाल कम्युनिस्ट पार्टी निकट जनपत्रकार संगठन नेपाल केन्द्रिय आयोजक समितिको काठमाण्डौमा मंसिर ९ र १० गते बसेको पाचौ पूर्ण बैठकले चौँथो राष्ट्रिय सम्मेलन यही माघ ११ देखि १३ गतेसम्म रुपेन्देही जिल्लाको बुटवलमा सम्पन्न गर्ने निर्णय गरेको छ।

बैठकमा सम्बोधन गर्दै नेकपाका प्रवक्ता प्रकाण्डले पत्रकार भनेको एउटा सचेत र श्रमजीवीहरुको वकालत गर्ने वर्ग भएकोले पार्टीलेले संचालन गरेको एजेण्डा प्रगतिशिल संयुक्त सरकार र जनमतसंग्रह मार्फत वैज्ञानिक समाजवाद स्थापनाको निम्ति भैराखेको संघर्षलाई कलमको मार्फत उजागरण गर्नुपर्ने बताउनु भयो ।

अर्का वक्ता फ्याक्सन इन्चार्ज प्रज्वलनले श्रमजीवी पत्रकारहरुको पक्षमा जनपत्रकार संगठनले व्यापक अावाज सहित आन्दोलनको उत्थान गर्नु पर्ने बताउनु भयो ।

संगठनका केन्द्रिय संयोजक शेर बहादुर विश्वकर्माको अध्यक्षता र संचालनमा भएको बैठकमा पार्टी प्रवक्ता प्रकाण्डको प्रमुख आतिथ्यतामा र फ्याक्सन इन्चार्ज प्रज्ज्वलनको आतिथ्यतामा बैठक सम्पन भएकोमा थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal