ट्रेन्डीङ्ग

छिमेक लघुवित्त सुनवल शाखाद्धारा छात्रा विद्यार्थीहरुलाई छात्रवृती प्रदान

मंसिर १२ परासी । पश्चिम नवलपरासीको सुनवलमा रहेको छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको २० औं बर्षमा
प्रबेश गरेको अवसरमा लघुवित्तको ईकाइ सदस्यको छोरीहरु लाई छात्रवृती प्रदान गरेको छ ।

सुनवलमा स्थापना भएको छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड २० औं बर्षमा प्रबेश गरेको छ ।

कोरोन कहरको करणले गर्दा आफ्नो बार्षिक साधारणसाभ भब्य नमनाए पनि प्रत्येक बर्ष झै यो बर्ष पनि सुनवल शाखा अन्तर्गत पर्ने सुनवल नगारपालिक , रामगा्रम नगरपालिका , सरावल गाँउपालिका र रुपन्देहीको देवदह नगरपालिकका ईकाइ सदस्य परिवारका समुदायिक विद्यालयमा पढ्ने छात्रा विद्यार्थीहरुलाई केही सहयोग पुगोस उद्धेश्यले छात्रवृती प्रदान गरेको र खास गरी यस सस्ंथामा बढिमात्रमा बिपन्न परिवारका सदस्य आबद्ध रहेका छन ।

उक्त छात्रवृती अतिबिपन्न परिवारको १० जना छात्रालाई रु चैबिस सयको ( रु २४००) दरले सहयोग गरेको छ । छात्रवृती हरेक बर्ष प्रदान गर्दै आएको छ । यस सस्ंथामा ४ हजार ८ सय १८ जना सेवागा्रही आब्ध रहेका छान तथा ३८ करोड सेवागा्रही सदस्यको बचत रहेको र ४४ करोड सेवागा्रही सदस्यको कर्जा बितरण गरेको शाखा प्रबन्धक ऋषि बाबु देवकोटाले बताउनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal