जाजरकोट मंसिर ८ । बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज केन्द्रीय कार्यक्रम अनुसार देशका विभिन्न ठाउँम कार्यक्रम सम्पन्न गरेको छ । सोही अनुसार भेरी नगरपालिका ७ को दहबजारमा पनि कार्यक्रम भब्यरुपले सम्पन्न भएको छ ।
सोही कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी, अखिल (क्रान्तिकारी) केन्द्रिय सदस्य तथा भेरी नगरकमिटिका ईन्चार्ज क. प्रेम शाहिले भन्नुभयो जनताको जीवनउन्नति अग्रगामी रुपान्तरण तिर जानुपर्ने ठाउँमा प्रश्गामी रुपान्तण तर्फ धकेलिएको उल्लेख गर्नुभयो । सातौँ पार्टी पुनर्गठन दिवशको शुभकामना दिँदै संसदीय ब्यवस्थाबाट जनको जीवन उन्नती, देश समृद्ध कहिल्यै नहुने कुरा बताउनु भयो । अब एकीकृत जनक्रान्ती मार्फत बैज्ञानिक समाजवादी व्यवस्था बाट मात्रै देश समृद्ध बन्नेकुरा स्पस्ट पार्नुभयो । कार्यक्रममा विभिन्न अतिथिहरुले बोल्दै हामिजनताको बिचमै रहने र नेपाली जनताकै लागि आवाज उठाउने कुराम जिकिर गरेको कुरा अखिल (क्रान्तिकारी) जाजरकोटका सचिवले बताए ।