
कार्तिक २५ बर्दघाट ।नेपाल कम्युनिस्ट पार्टी नवलपरासी र नवलपुर सहित देशभर पेट्रोलियम पदार्थ र खाद्यान्न वस्तुमा गरेको चरम मुल्यबृद्धी विरुद्ध बिरोध प्रदर्शन कार्यक्रम सम्पन्न गरेको छ।
सरकारले केही दिन अघि गरेकाे पेट्रोलियम पदार्थकाे अत्यधिक मुल्य वृद्धिकाे विरुद्धमा नेकपाले विराेध प्रदर्शन गरेकाे हाे ।
नेकपा नवलपरासीको कार्यक्रमलाई बर्दघाट नगर कमिटी सदस्य गणेशले सम्बोधन गर्नु भएको थियो भने संचालन अखिल(क्रान्तिकारी) जिल्ला संयोजक सन्देशले गरेका थिए।
त्यसैगरि नवलपुर जिल्लामा मध्यबिन्दुमा बिरोध प्रदर्शन गरेको मध्यबिन्दु इन्चार्ज बिशालले सम्बोधन गर्नु भएको थियो ।
सम्बोधन गर्ने वक्ताहरुले मुल्यबृद्धी खारेज नहुदासम्म आफ्नो पार्टीले संघर्ष जारी राख्ने र गरिखाने बर्गलाई एक छाक टार्न मुस्किल परिरहेको भन्दै मुल्यबृद्धी फिर्ता नगरिए सडकबाटै आन्दोलनको आधिबेरी सिर्जना गर्ने चेतावनी दिएका थिए ।
पार्टीका महासचिव विप्लवले बिहीबार प्रेस वक्तव्यमार्फत नेपाल बन्दसहितको सङ्घर्षको कार्यक्रम घोषणा गरेको कार्यक्रम अनुसार आज देशभर सहित नवलपरासिमा पनि प्रदर्शन भएको हो।
महासचिव विप्लवले कात्तिक, २५ गते दिउँसो ३ बजे देशव्यापी बिरोध प्रदर्शन,सहित भोलि कात्तिक, २६ गते प्रचाररप्रसार र साँझ मशाल जुलुस, कार्तिक २७ गते देशव्यापी प्रदर्शन दिउँसो १ बजेदेखि २ बजेसम्म १ घण्टा, कात्तिक, २८ गते बिहान १० देखि ११ बजेसम्म १ घण्टा चक्का जाम, कात्तिक, २९ गते दिउँसो सिठ्ठी जुलुस, साँझ मशाल जुलुस र कात्तिक, ३० गते नेपाल बन्दसम्मका कार्यक्रमहरू घोषणा गरेका हुन् ।