ट्रेन्डीङ्ग

लायन्सले अपाङग आश्रममा भोजन गरायो

वुटवल ,१३ कार्तिक । नेपाल अपाङग आश्रम वुटवल ११ देविनगरमा रहेका ३१ जनालाई लाइन्स इन्टरनेश्नल ३२५ वि टु नेपालले विहानी भोजन गराएको छ ।

सेवा नै धर्म हो भन्दै विहानी भोजन गराएको लाइन्स इन्टरनेश्नल ३२५ वि टु नेपालकी अध्यक्ष लायन्स इशु देवकोटाले जानकारी दिनुभयो।मानविय सेवा बाटनै वास्तविक सन्तुष्टि मिल्ने भन्दै लायन्सले आगामि दिनमा पनि मानविय सेवा कार्यलाई निरन्तरता दिने देवकोटाको भनाई छ ।

भोजन कार्यक्रमकी संयोजक लायन्स सिर्जना गिरिको संयोजकत्वमा भएको विहानी भोजन कार्यक्रममा लाइन्स इन्टरनेश्नल ३२५ वि टु नेपालका डिष्ट्रक डेपुटी चिफ लायन्स गणेश प्रसाद भट्टराई,जोन चियर पर्शन लायन्स भोजराज पाण्डे, टिकामराम वन्जाडे, एक्टेन्शन चियर पर्शन, एम,जे,एफ लायन्स ज्ञान प्रसाद पौडेल,गाइड लाइनर लायन्स मोनीलाल रिजाल,लायन्स केशव शर्मा,सल्लाहाकार लायन्स अर्जुन पाण्डे लगाएतको उपस्थीति रहेको लायन्स शारदा ज्ञवालीले जानकारी दिनुभयो

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal