ट्रेन्डीङ्ग

नेकपा कालिकोटद्वारा वरिष्ठ नेता बिरजंगको श्रद्धाञ्जली सभा

कार्तिक १० कालिकोट । नेकपा कालिकोटले नेकपाका केन्द्रीय सदस्य बिरजंगको सम्झनामा श्रद्धाञ्जलीसभा सम्पन्न गरेको छ ।

जिल्ला सेक्रेटरी रणदिपको अध्यक्षतामा केन्द्रीय सदस्य एटम बिशीको प्रमुख अातिथ्यतामा सम्पन्न श्रद्धाञ्जली सभामा अन्य अतिथी केन्द्रीय सदस्य बिराट,बलवान,संगम मुगु जिल्ला सेक्रेटरी समाज, हुम्ला सेक्रेटरी सिदान्त, जिल्ला सल्लाहाकार संयोजक छत्र ब बम लगायतका नेताहरुको उपस्थितिमा सम्पन्न भएको हो ।

उक्त श्रद्धाञ्जली सभाका अध्यक्ष रणदिपबाट फोटोमा माल्याअर्पण सुरु गरिएको थियो भने प्रमुख अतिथी एटम लगायत नेता कार्यकर्ताले फोटोमा माल्याअर्पण गरिएको थियो । बिरजंग क्रान्तिका एक आदर्श ,क्रान्तीको एक पुजी हुन उहाँ नेपाली क्रान्तीको अथक योद्दा हो । वहाँले देश र जनताको मुक्तीका लागि निरन्तर संघर्ष गर्दै आउनु भयो । तसर्थ वहाँ एक नेपाली क्रान्तीको एक योद्दा हो वहाको यो दुखद निधनले पार्टीलाई अपुर्णिय क्षेती भएको छ ।

उहाको नेपाली क्रान्तीलाई पुर्णतादिने अधुरो सपना पूरा गर्न हाम्रो पार्टी पुर्ण प्रतिबद्द छ। उहाको अधुरो सपना पूरा गर्ने अभियानमा लाग्न आम जनसमुदायलाई अपिल गर्नु भयो।

साथै बिराट बलवान् संगमले श्रद्धाञ्जली मन्तब्य राख्नु भयो भेरी कर्णाली कलाकारले श्रद्धाञ्जली गित गुन्जाएको थियो। कार्यक्रमका सभापती जिल्ला सेक्रेटरी रणदिपले बिरजगंको अधुरो सपना पूरा गरेरै छाड्ने प्रतिबद्दता जाहेर गर्दै कार्यक्रमको समापन गर्नु भयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal