ट्रेन्डीङ्ग

नेकपाद्वारा स्वर्गीय बिन प्रसाद प्रति श्रद्धाञ्जली सभा सम्पन्न

असोज २५ रोल्पा । नेपाल कम्युनिस्ट पार्टी परिवर्तन गाउँ कमिटी सदस्य स्वर्गीय बिन प्रसाद खत्रीको तेह्रौं दिनमा श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ ।

रोल्पाको परिवर्तन गापा -२ राङ्ग्सी निवासी बिन प्रसादको १३ औं पुण्य तिथिमा नेकपा राङ्सीका भिम प्रकाश के सीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमका प्रमुख अतिथि नेकपा रोल्पा जिल्ला सदस्य तथा परिवर्तन गाउँ कमिति अभियान पृथ्वी डागी(प्रज्ज्वल),अतिथि पार्टीका पूर्ब परिवर्तन गापा सेक्रेटरी भक्त रिजाल (महेश),अखिल (क्रान्तिकारी)दाङ जिल्ला उपाध्यक्ष खुमन पौडेल लगाएतले शोक मन्त्वय राखेका थिए ।कार्यक्रमको सहजीकरण अखिल (क्रान्तिकारी)का दिपकले गरेका थिए।

प्रमुख अतिथि प्रज्ज्वलले पार्टीका गाउँ कमिटी सदस्य बिन प्रशादले सधै अन्याय,अत्याचार,भ्रष्टाचारको बिरोध गर्दै आएको र जनताको सेवामा सधै खटिरहेको पार्टी,क्रान्ति प्रति इमान्दार ढंगले लागिरहेको भन्दै उनको निधनले पार्टीलाई क्षति पुर्‍याएको भन्दै दुख व्यक्त गरे।

विन प्रसादले क्रान्तिमा देखेको सपना दलाल संसदीय व्यवस्थालाई फालेर वैज्ञानिक समाजवादी राज्य व्यवस्था पार्टीले अबस्य स्थापना गरि पूरा गर्ने बताए ।साथै प्रतिबन्धको समयमा २०७६ श्रावणमा पार्टी कामको शिलसिलामा प्रहरीले गिरफ्तार गरेर आत्मसमर्पण गराउन खोज्दा त्यसमो डटेर सामना गरि पार्टी क्रान्ति प्रतिको इमानदारी देखाएको बताए।

परिवारलाई पनि शोकलाई शक्तिमा बदल्दै पिडालाइ कम गर्न आग्रह गर्दै परिवारमा समवेदना प्रकत गरे। वि स २०२१ जेठ २ गते जन्मिनुभएका बिन प्रसादको गत असोज ११ गतेका दिन ५७ बर्षको उमेरमा दुखद निधन भएको थियो।

स्वर्गीय बिन प्रसाद एक असल ,इमानदार,समाजसेवी हुनुहुन्थ्यो।उहाका एक श्रीमती,तीन छोरा र तीन छोरी,दुई बुहारी,एक नाति र एक नातिनी हुनुहुन्छ !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal