ट्रेन्डीङ्ग

मानसिक दिवसको अवसरमा प्रतापपुरमा अन्तरक्रिया

पुरन अधिकारी,असोज २४ परासी। विश्व मानसिक दिवसको अवसरमा प्रतापपुरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

प्रतापपुर गाउपालिका स्वास्थ्य शाखाको आयोजना तथा इन्द्रेणी सामाजिक विकास मंचद्वारा संचालित सुरक्षित आप्रवासन परियोजना(सामी)र एकीकृत ग्रामीण सामुदायिक स्वास्थ्य परियोजनाको सहकार्यमा विश्व मानसिक स्वास्थ्य दिवस २०२१को अवसरमा अन्तरक्रिया कार्यक्रम गरिएको थियो ।

प्रतापपुर गाउँपालिका कार्यवाहक अध्यक्ष अन्जु कुमारी चौधरीको अध्यक्षतामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा विभिन्न वडाका वडाअध्यक्षहरू,स्वास्थ्य शाखा प्रमुख,विभिन्न शाखाका प्रमुख,स्वास्थ्य कर्मी लगायतको उपस्थिति रहेको थियोे ।

कार्यक्रममा अध्यक्ष चौधरीले ‌यस किसिमका कार्यक्रमलाई पालिका भरी व्यापक रूपमा प्रचारप्रसार गर्दै लाने कुरामा जोड दिँदै मानसिक स्वास्थ्य अन्तर्गत पालिकाले ५ लाख बजेट विनियोजन गरेको समेत जानकारी गराउनु भयो।

स्वास्थ्य शाखा प्रमुख कुन्दन कुमार सिंहले स्वागत मन्तव्य राख्नु भएको थियो । वडा नं २ का वडाअध्यक्ष इश्वरी थारुले शुभकामना मन्तव्य रहेको उक्त कार्यक्रमको सहजीकरण मनोसामाजिक परामर्श कर्ता सुभान पठान,पुष्पा चौधरीले गर्नु भएको थियो।

योगदान,सुलभ,समान र पहुँच युक्त मानसिक स्वास्थ्य हाम्रो योगदान भन्ने मुल नाराका साथ आज विश्व मानसिक दिवस मनाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?