ट्रेन्डीङ्ग

मगर मुक्तिमोर्चा नेपाल प्यूठानको अध्यक्षमा नर बहादुर थापा निर्विरोध चयन

राजेन्द्र रावत क्षेत्री,असोज १९ ,प्युठान।विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट जन वर्गिय संगठन मगर मुक्तिमोर्चा नेपाल,प्युठानकाे दाेस्राे जिल्ला सम्मेलन आज सम्पन्न भएको छ।सम्मेलनले नर बहादुर थापा मगरकाे अध्यक्षतामा २ जना पछि थप्ने गरि १५ सदस्यीय मगर मुक्तिमोर्चा नेपाल जिल्ला कार्यसमिति निर्वाचित गर्दै सम्पन्न भएको हाे ।

जसकाे उपाध्यक्षमा उमाराम घर्ती मगर र पिङ्कि बुढा मगर , सचिव बाेम बहादुर पुन मगर , सह सचिव किरण पुन मगर र काेषाध्यक्ष हाेम बहादुर पुन मगर लगायत रहेका छन् ।


कार्यक्रममा मगर मुक्तिमोर्चा नेपालका केन्द्रीय महासचिव इन्द्र बहादुर घर्ती मगरले देशमा बैज्ञानिक समाजवादी व्यवस्था स्थापना नगरे सम्म जातीय मुक्ति सम्भव नरहेकाेले एकीकृत जनक्रान्ति मार्फत बैज्ञानिक समाजवाद स्थापनाकाे लागि सम्पूर्ण मगर समुदाय एकजुट हुन आग्रह गर्नु भयाे।

उहाले भन्नू भयाे-“नेपालमा विभिन्न परिवर्तनको आन्दाेलनमा मगरहरुकाे अग्रणी भुमिका रहे पनि राज्यको निर्णय गर्ने स्थानमा मगर समुदायकाे प्रतिनिधित्व नरहनु दुखद पक्ष हाे,त्यस्तै कार्यक्रममा ने.क.पा.प्युठानका सेक्रेटरी अजय,जनपत्रकार संगठन नेपाल लुम्बिनी प्रदेशका उपाध्यक्ष राजेन्द्र रावत क्षेत्री,जनजाति आन्दाेनका नेता भाेज बिक्रम बुढा मगर,हरि बि.एम. लगायतले नवनिर्वाचित कार्य समितिलाई बधाई तथा सम्मेलन पुर्ण सफलताको शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम नर बहादुर थापा मगरकाे अध्यक्षता र बाेम बहादुर पुन मगरकाे स्वागत मन्तव्य संगै उमाराम घर्तिकाे संचालनमा भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal