ट्रेन्डीङ्ग

तीन बुँदे सहमति कार्यान्वयनको माग गर्दै पाल्पामा धर्ना सहित काेणसभा कार्यक्रम सम्पन्न

माेहन बहादुर नेपाली,पाल्पा १८ असोज। विप्लव नेतृत्व नेकपाले तीन बुँदे सहमति कार्यान्वयनको माग गर्दै पाल्पामा धर्ना सहित काेणसभा कार्यक्रम सम्पन्न गरेको छ ।

 

नेपाल कम्युनिष्ट पार्टीले तीन बुँदे सहमति कार्यान्वयनको माग गर्दै जिल्ला प्रशासन कार्यालय पाल्पा अगाडी धर्ना दिएको छ । नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यक्रमअनुसार केन्द्र देखि देशभरीका जिल्ला प्रशासन कार्यालयहरूमा एकैचोटि आज तीनबुँदे सहमति कार्यान्वयनको माग गर्दै धर्ना दिइएको हो ।

गत फागुन २१ गते तत्कालीन सरकारले नेपाल कम्युनिष्ट पार्टीसँग तिनबुँदे सहमति गर्दै पार्टी माथिको प्रतिबन्ध खारेज गर्ने, गिरफ्तार गरिएका नेताकार्यकर्ता रिहा गर्ने र नेताकार्यकर्तामाथि लगाइएका सम्पूर्ण मुद्दा फिर्ता लिने सहमति गरेको थियो । सहमति भएको करिव आठ महिना पुगिसक्दा पनि सरकारसँग गरेको तीनबुँदे सहमति कार्यान्वयन हुन नसकेको भन्दै नेपाल कम्युनिस्ट पार्टीले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

शान्तिपूर्णरूपमा राजनितिक कार्यक्रम गरिरहेको शक्तिलाई सहमति कार्यान्वयन नगरेर युद्धमा धकेल्न खाेजेकाे अाराेप जिल्ला सेक्रेटरी प्रभातले अाराेप लगाउनु भयो।सहमति कार्यान्वयन गरी राजनैतिक एजेण्डाहरूमा वार्ता सम्वाद गर्ने वातावरण निर्माण गर्नुको सट्टा झुट्टा मुद्धा लगाउने क्रम फेरी बढाएको, गिरफ्तार दमन धरपकड बढाएको विरूद्ध देशव्यापी अान्दोलनका कार्यक्रम समेत घाेषणा गर्न बाध्य भएको समेत जिकिर गर्नु भयो।काेणसभाकाे कार्यक्रम जिल्ला जनसरकार प्रमुख नेपालले गर्नु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?