ट्रेन्डीङ्ग

अखिल (क्रान्तिकारी)द्वारा काठमाडौ लगायत विभिन्न क्षेत्र पोस्टर व्यानर टास्यो

काठमाडौ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठनले आफ्नो मातृ पार्टीको सातौं पार्टी पुर्नगठन दिवसको अवसरमा काठमाडौ लगायत विभिन्न क्षेत्रमा पोस्टर र ब्यानर टासेको छ ।

काठमांडौं, ललितपुर,भक्तपुर, CTEVT, पोखरा वि वि , काठमांडौं वि वि, पुर्वान्चल वि वि बालाजु वसपार्क, अस्कल क्याम्पस , भक्तपुरको नेक ईन्जीनेरिगं, टियू गेट, पशुपति क्याम्पस,कोटेश्वर, ग्वार्को लगायत क्षेत्रमा ब्यानर जिल्ला कमिटीहरूले पार्टी पुनर्गठन दिवसको अवसरमा पंपलेट र ब्यानर टागेको अखिल (क्रान्तिकारी) ले जनाएको छ ।

नेकपा विप्लबले आफ्नो पार्टी पुनरगठन भएको ७ वर्ष पुगेको अवसरमा यही मंसिर ८ गते देशभर विभिन्न कार्यक्रमहरुको घोषणा गरेको छ ।

सोही अवसरमा अखिल क्रान्तिकारिले काठमाडौ जिल्ला लगायत उपत्यका क्याम्पसहरुमा पम्पलेट र ब्यानरहरू टासेको अखिल (क्रान्तिकारी)ले जनाएको छ ।

नेकपाले पार्टी पुर्नगठन दिवस भव्यताका साथ मनाउन पार्टी पंक्तिमा समेत आग्रह गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal