ट्रेन्डीङ्ग

प्रहरी विटमा विप्लव नेकपाको पोष्टर

धनगढीः सरकारद्धारा प्रतिबन्धित विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको सातौं पार्टी पुनरगठन दिवसको अवसरमा प्रहरी बिटमा आफ्नो पोस्टर टासेको छ ।

नेकपा विप्लबले आफ्नो पार्टी पुनरगठन भएको ७ वर्ष पुगेको अवसरमा यही मंसिर ८ गते देशभर विभिन्न कार्यक्रमहरुको घोषणा गरेको छ ।

सोही अवसरमा नेकपा कैलाली र धनगढी नगरकमीटीले कैलालीका विभिन्न स्थान तथा प्रहरी विट खैराना कैलालीमा आफ्नो पार्टीका पोष्टर टासेको जनाएको छ । नेकपाले पार्टी पुनरगठन दिवस भव्यताका साथ मनाउन पार्टी पंक्तिमा समेत आग्रह गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?