ट्रेन्डीङ्ग

पत्रकार बिद्यार्थी संगठनकाे १ महिने अभियान शुरु ,कपिलवस्तु जिल्ला कमिटी गठन

गंगा भण्डारी मंसिर ०६,वुटवल । “प्रगतिशील,न्याय र राष्ट्रका लागि उत्पिडित पत्रकार विद्यार्थीहरुकाे मजवुत एकतालाई कायम गराैं ! सदस्यता वितरण,संगठन विस्तार तथा सुदृढ अभियान सफल पाराैं !!” भन्ने नारा साथ पत्रकार विद्यार्थी संगठन,नेपालकाे केन्द्रीय समितिकाे कार्यक्रम अन्तर्गत कपिलवस्तु जिल्लामा जिल्ला समिति निर्माण गर्दै एक महिने पहिलो चरणकाे अभियान शुरु भएको छ । उक्त अभियानले संगठन सुदृढ तथा विस्तार गर्दै कपिलवस्तु जिल्ला समितिकाे अध्यक्षमा राधा पाण्डे रहने गरि सदस्यहरुमा बसन्ता भुसाल,अनिता क्षेत्री,मनिषा भुसाल,सागर बिक रहने गरि पाँच सदस्यीय जिल्ला समिति निर्माण गरेको छ । उक्त भेलामा केन्द्रीय अध्यक्ष मुक्ति गैरे,पाल्पा जिल्ला अध्यक्ष टेकबहादुर दर्लामि लगायतको अभियान टिम पुगेको थियो । अभियान एक महिने पहिलो चरणकाे रहने केन्द्रीय अध्यक्ष गैरेले बताएका छन् । उक्त भेलाकाे अध्यक्षता राधा पाण्डेले गर्नु भएको थियोे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?