ट्रेन्डीङ्ग

भगवानदास गुप्ताको २३ औं स्मृती दिवस

सुरेश कुमार पांडेय कार्तिक २८ कपिलवस्तु । पुर्व माननिय भगवानदास गुप्ताको २३ औं स्मृती दिवसको पुण्य तिथी समारोह तौलिहवामा सम्पन्न गरिएको छ । भगवानदास गुप्त स्मृती प्रतिष्ठानको आयोजनामा तौलिहवामा २३ पुष्यतिथी समारोहको अवसरमा बिभिन्न कार्यक्रमको आयोजना गरिएको हो ।

सो अवसरमा बिभिन्न क्षेत्रका अगुवाको सम्मान, बाल गृहका २९ जना अनाथ बालकलाई स्कुल व्याग गरिएको छ भने अस्पतालमा रहेका बिरामीलाई फलफुल बितरण तथा प्रशासन चौकमा रहेको स्वर्गिय गुप्तको शालिकमा माल्यार्पण गरिएको थियो । प्रतिष्ठान संरक्षक रामदास गुप्ता, प्रदेशसभा सदस्य दिर्घनारायण पाण्डेय, धर्मबहादुरलाल श्रीवास्तब, कपिलबस्तु नगरपालिका की उप मेयर लक्ष्मी गुप्ता लगायत १ सय बढीले स्वर्गिय गुप्ताको त्याग, निष्ठा र ईमान्दारिताको पदचिन्हमा हिडेर स्वर्गिय गुप्त प्रति सच्चा श्रद्धान्जली दिनु दिनु भएको छ । प्रतिष्ठानका अध्यक्ष समेत रहेका स्वर्गिय गुप्ताका छोरा प्रतिनिधी सभाका साँसद बृजेश कुमार गुप्ताले निष्ठा र ईमान्दारिताको आफनो पिताको निती सदैव आफ्ना लागी मार्ग दर्शन हुने बताउनु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?