ट्रेन्डीङ्ग

बैतडी दुर्घटना प्रति अखिल(क्रान्तिकारी)द्धारा दुख व्यक्त,प्रभावकारी अनुगमन गर्न माग

कार्तिक २८ बैतडी । अखिल नेपाल क्रान्तिकारी यातायात मजदुर संघ सेतिमहाकाली क्षेत्रीय समन्वय समितिले बिहिबार राति बैतडीको पाटन नगरपालिका ८ खोडपेमा भएको बस दुर्घटनामा परि ज्यान गुमाउनेहरु प्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । समितिका संयोजक सहदेव सिंहले आज एक पे्रश विज्ञप्ती जारी गर्दै सो दुर्घटनामा परी ज्यान गुमाउनेहरु प्रति सङ्गठनको तर्फबाट श्रद्धाञ्जली सहित शोकाकुल परिवारजनहरुमा समवेदना प्रकट गर्नुभएको हो । विज्ञप्तीमा भनिएको छ “यहि मिति २०७७ कार्तिक २७ गतेका दिन भएको खबरले हामी स्तब्ध भएका छौ। यस दुःखद घटनामा ज्यान गुमाउनेहरु प्रती हाम्रो सङ्गठनको तर्फबाट हार्दिक श्रद्धाञ्जली अपणर् गर्दै शोकाकुल परिवारजनहरुमा गहिरो संवेदना व्यक्त गर्दछौं। ”
बिहिबार दार्चुला जिल्लाको गन्नाबाट महेन्द्रनगरका लागि छुटेको ना.५ ख ५१४१ न. को बस बैतडी जिल्लाको पाटन नगरपालिका ८ खोडपेमा राती १०ः१५ बजे दुर्घटना हुदा ९ जनाको ज्यान गएको छ भने ३४ जना घाइते भएका छन् । विज्ञप्ती मार्फत घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना पनि गरिएको छ । साथै मृतकका परिवारहरुलाई उचित क्षतिपूर्ति सहित घाइतेहरुको निशुल्क उपचारका लागि सम्बन्धित पक्ष संग जोडदार माग पनि गरेको छ । गुणस्तरहिन सडक र राज्यको प्रभावकारी अनुगमन नहुँदा यस्ता दुर्घटनाहरु दिनप्रतिदिन बढीरहेको भए पनि राज्य मुखदर्शक बनेको आरोप लगाउदै समितिले यस्ता दुर्घटनाहरुको रोकथामका लागि आवश्यक पहलकदमी लिन सम्बन्धि निकायको ध्यानाकर्षण पनि गराएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?