ट्रेन्डीङ्ग

कोरोना संक्रमित जनताको नि:शुल्क उपचारको माग गर्दै बिरोध प्रदर्शन

काठमाडौ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी कञ्चनपुर जिल्लालेे केन्द्रीय कार्यक्रम अनुसारकोरोना संक्रमित जनताको नि:शुल्क उपचार माग गर्दै बिरोध प्रदर्शन गरेको छ । यतिबेला सिङ्गो विश्व र नेपाली जनता कोरोना महामारीको प्रभावले छटपटाइरहेको बेला केपी वली नेतृत्वको सरकार भने राज्यबाट पूरा गर्नुपर्ने न्यूनतम् जिम्मेवारीबाट समेत झनपछि झन् पछाडि हटिरहेको छ । बिरोध प्रदर्शन कार्यक्रमका प्रमुख अतिथि जिल्ला ईन्चार्ज क.सहदेब ले कार्यक्रम मा बोल्दै जनतालाई कोरोनाको नाममा हुन आउने उपचार खर्च नबेहोरे हामी अझ ससक्त तरिकाले कडा संघर्षमा उत्रने चेतावनी दिएका छन् विरोध प्रदर्शनमा नेकपाका नेता तथा कार्यकर्ताले “आमनागरिकहरूलाई निःशुल्क स्वास्थ्य परीक्षण र उपचारको व्यवस्था गर ।” “कोरोनाका नाममा कमिसनतन्त्र र व्यापारीकरण बन्द गर ।” “भ्रष्टाचारीलाई कारबाही गर ।” “भारतीय साम्राज्यवादी अतिक्रमण बन्द गर ।” “कालापानीबाट नेपाली सेना फिर्ता जा ।” “नेपाली सार्वभौमिकताको सम्मान गर ।” लगायतका नाराहरु लगाएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal