ट्रेन्डीङ्ग

नेकपा नेता कमल पण्डितलाई पितृ शोक,पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त

गणेश एस के भदौ २० कञ्चनपुर ।नेपाल कम्युनिस्ट पार्टी कञ्चनपुरका जिल्ला सदस्य तथा बेल्डाडी पार्टी सचिव कमल पण्डितलाई पितृ शोक परेको छ ।

नेकपाका नेता कमलको बुवा कृष्णराज पण्डितको ८२ वर्षको उमेर गत राति भाद्र १९ गते बेलौरी नगरपालिका वडा न. १० शिवनगर स्थित आफ्नै निवासमा निधन भएको हो ।

नेकपा केन्द्रिय सदस्य एवं जिल्ला पार्टी सचीव रमेशले संयुक्त विज्ञप्ति मार्फत नेता कमलको बुवाको निधन प्रति श्रद्धाञ्जली व्यक्त गरेका छन ।

विज्ञप्तिमा उल्लेख गरिएको छ”हाम्रो सम्पुर्ण पार्टी पंक्तिलाई दुखित र स्तब्ध तुल्याएको छ। दुखको यस घडीमा शोकाकुल सम्पुर्ण परिवारजनहरुमा हाम्रो जिल्ला पार्टीको तर्फबाट गहिरो संवेदना व्यक्त गर्दछौं।मृतक आदरणीय बुवा कृष्णराज पण्डित प्रती भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं।”

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal