ट्रेन्डीङ्ग

वैध माओवादीको बर्दघाट-४ देविनगर टोल भेला सप्पन्न

पुस्पा गिरी,बर्दघाट १९ भाद्र। बैध नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) बर्दघाट नगर समितिले संगठन सुदृढीकरण तथा बिस्तार अन्तर्गत बर्दघाट -४ देबिनगर टोल भेला तथा अन्तरक्रिया कार्यक्रम शनिबार सम्पन्न गरेको छ ।भेलाले सेती थापाको नेतृत्वमा ९ सदस्यीय देविनगर टोल समिति गठन गरेको हो ।

क्रान्तिकारी माओवादी बर्दघाट नगर सेक्रेटरी रामचन्द्र पोख्ररेलका अनुसार टोल समितिमा जयस्वर, गिरिराज,अप्सरा,लालुमाया,देउबहादुर, गङगालगायत चयन हुनुभएको छ।त्यस्तै टोलटोलमा पार्टीको प्रारम्भिक (सेल) समिति जनबर्गिय सङगठन एवं मोर्चा गठन कार्य तिब्र बनाइएको पोखरेलले जानकारी दिनुभयो।

भेलामा प्रमुख अतिथि सो पार्टीका लुम्बिनी प्रदेशका सचिवालय सदस्य तथा जिल्ला सेक्रेटरी छबिलाल खरेल, क्रान्तिकारी पत्रकार महासङ्घका केन्द्रीय कोषाध्यक्ष तथा प्रदेश सम्योजक रवि पान्डेय,क्रान्तिकारी माओवादीका जिल्ला सचिवालय सदस्य तथा बर्दघाट नगर इन्चार्ज चुडामणि भण्डारीलगायतले बोल्नुभएको थियो । कार्यक्रममा सहभागीले दलाली भ्रष्टाचारि कमिशनखोरीका विरुद्ध पार्टीले आन्दोलन छेड्नुपर्ने सुझाब दिएका थिए।युवा बिद्यार्थी,महिला,मजदुर, किसान,दलित र जनजातिको मागलाई पार्टीले विशेष ध्यान दिनुपर्ने उनिहरुको भनाइ थियो ।कार्यक्रम क्रान्तिकारी माओवादीका जिल्ला सदस्य ज्ञानबहादुर खत्रीको महतोको अध्यक्षतामा भएको थियो ।त्यस्तै सोही भेलाबाट लक्ष्मी सुनारको संयोजकत्वमा ११ सदस्यीय अखिल नेपाल महिला संघ क्रान्तिकारी टोल समिती गठन गरेको छ ।

क्रान्तिकारी माओवादी पश्चिम नवलपरासीले यहि भाद्र २५ गते बर्दघाटमा राजनीति,सम्पर्क,संगठन र सङघर्स(राससस) अभियान उदघाट्न गर्दैछ । डेढ महिने अभियानमा जिल्लाको सबै स्थानीय तहमा पार्टी बिस्तार हुने क्रान्तिकारी माओवादी पश्चिम नवलपरासीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal