ट्रेन्डीङ्ग

भारतीय ज्याजतिको विरुद्धमा विप्लव निकट जनसँगठनको कञ्चनपुरमा प्रदर्शन

गणेश एसके,भदौ १९ ,कञ्चनपुर । भारतीय ज्याजति को विरुद्धमा विप्लव निकट नेकपा को भातृसंगठन युवा संगठन नेपाल र अखिल (क्रान्तिकारी) को संयुक्त आयोजनामा भारतीय ज्याजतिको विरुद्धमा महेन्द्रनगरमा विरोध प्रदर्शन गरेको छ ।

केही समय अघि दार्चुलामा घटेको तुईन प्रकरण र त्यसप्रति सरकारले देखाएको उदासिनता, सो घटनाको विषयमा भारत पक्षको अभिव्यक्ति को विषयमा नेपाल सरकार तथा सरोकार वाला निकाय लाई ध्यानाकर्षण उक्त विरोध प्रदर्शन मा उत्रिएको सो कार्यक्रमका वक्ता तथा युवा संगठन नेपाल सेती महाकाली ब्युरो कार्यलय सचिव मनमोहन जोशीको भनाइ थियो ।

सो कार्यक्रममा अखिल (क्रान्तिकारी) का सेती महाकाली ब्युरो संयोजक वीरेन्द्र शाहले सम्बोधन गर्दै एक पटक नभई पटक पटक भारतको हेपाहा प्रवृत्ति हावी हुँदा पनि यो सरकार राष्ट्र र राष्ट्रियताको विषयमा बोल्दै नबोल्नु यो सरकारको मात्र नभई वर्तमान दलाल संसदीय व्यवस्थाकै असफलता रहेको बताएका छन । नेपाल भारत सीमा नाकामा दिनदिनै नेपालीहरु लुटिरहेको, ठगिएको अन्यायमा परेको थाहा हुँदाहुँदै पनि त्यो विषयमा सरकार गम्भीर नहुनु विडम्बना पूर्ण रहेको छ यी सबै समस्यालाई सुल्झाउनको लागि हाम्रो पार्टीले भनेको वैज्ञानिक समाजवाद स्थापना हुनुपर्ने उहाँको भनाई थियो ।

त्यसै गरी ग्रेटर नेपाल केन्द्रिय उपाध्यक्ष गजेन्द्र पाण्डेले पनि आफ्नो मन्तव्य राख्नु भएको थियो ।उक्त कार्यक्रम अखिल क्रान्तिकारीका कञ्चनपुर जिल्ला अध्यक्ष ललित एसकेले सञ्चालन गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?