ट्रेन्डीङ्ग

अर्घाखाँचीमा हाईस दुर्घटना एक जनाको मृत्युु,५ घाइते

अर्घाखाँची १९ भदौ,अर्घाखाँचीको शितगंगा नगरपालिका ३ बरबोटमा हाइस दुर्घटना हुँदा १ जनाको ज्यान गएको छ ।

काठमाडौबाट अर्घाखाँची आउदै गरेको बा ३ ख ८६३९ नम्बरको हाइस शितगंगा ३ को आर्मी ब्यारेक नजिकै दुर्घटना भएको हाे।

दुर्घटनामा परी २ जना गम्भिर घाइते भएका छन । चालक सहचालक सहित १३ जना यात्रुसवार रहेको वताईएकाे छ।गम्भिर घाइते २ जना सहित अन्य घाइतेलाई प्राथमिक उपचारकेन्द्र ठाडामा सामान्य उपचार पछि वुटवल पठाईएकाे इलाका प्रहरी कार्यालय ठाडाले जनाएको छ ।

मृतकको सनाखत हुन सकेको छैन । हाईस सडकवाट १ सय मिटर तल खसेकाे छ ।घटनाको थप बिबरण आउन बाँकी रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?