ट्रेन्डीङ्ग

घोडाघोडीका नगरप्रमुखलाई कोरोना पुष्टि

कार्तिक १७ कैलाली ।कैलालीको घोडाघोडी नगरपालिका प्रमुख ममताप्रसाद चौधरी तथा अन्य चार कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

कात्तिक १४ मा संकलन गरिएको स्वाबको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा सोमबार गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको प्रमुख चौधरीले बताए ।

कोरोना पुष्टि भए पनि स्वास्थ्य अवस्था सामान्य रहेको र घरमै होम आइसोलेसनमा बसिरहेको प्रमुख चौधरीले जानकारी दिए । छिट्टै कोरोनालाई पराजित गरी जनताको सेवामा लाग्ने चौधरीले विश्वास व्यक्त गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?