ट्रेन्डीङ्ग

नेकपा दैलेखको प्रशिक्षण सम्पन्न

भदौ १५,दैलेख संवाददाता । नेपाल कम्युनिस्ट पार्टी दैलेखको प्रशिक्षण कार्यक्रम आज दैलेखको राकम कर्णाली बजारमा सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथि नेकपाका केन्द्रीय सचिवालय सदस्य तथा बिदेश बिभाग प्रमुख कमरेड धर्मेन्द्र बास्तोलाले संसदीय ब्यवस्था र संसदीय पार्टीहरु असफल भएको कुरा बताउनुभएको छ।

अहिलेको राजनितिक सकटको अग्रगामी राजनितिक समाधान दलाल सरकारको विकल्पमा सयुक्त प्रगति‌शिल सरकार, दलाल ब्यबस्थाको विकल्पमा बैग्यानिक समाजबादी ब्यवस्था,सँसदीय निर्वाचनको बिकल्पमा दलाल पुँजीवाद र वैज्ञानिक समाजवादको बिचमा जनमत संग्रह गरिनुपर्ने कुरामा जोड गर्नु भयो। संसदीय ब्यवस्थाको विरुद्ध जनताहरु सडकमा आउनुपर्ने कुराको चर्चा गर्नुभयो ।

अर्का अतिथि केन्द्रीय सदस्य कमरेड एटम बिसीले संसदीय ब्यवस्थाले जनतालाई बिकास ,समृद्धि र स्थायित्वको नाममा बिनाश, कङ्गाल अस्थिरता दिएर लुटिरहेकाले यो ब्यबस्था बिरुद्ध अाफुहरुले सँघ्रस गरेको कुरा बताउनुभयो। संसदीय ब्यवस्था बिरुद्ध जनतालाई एकताबद्ध गर्दै सडकमा उतार्नुपर्ने कुरामा जोड गर्नु भयो। कार्यक्रमको सञ्चालन जिल्ला सेक्रेटरी कमरेड दिपेन्द्रले गर्नु भएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal